नियम
धनादेश भुक्तानी दिने

(१) धनादेशको भुक्तानी दिंदा धनादेश फाराममा र हुलाक कार्यालयको धनादेश भुक्तानी (डेलिभरी) किताबमा प्रापक वा निजको अख्तियारवालालाई दस्तखत गराइ वा रेखात्मक छाप लगाइ धनादेशको रकमको भुक्तानी दिइनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापक नचिनी शङ्का लागेमा एकजना चिन्हाउने व्यक्ति लिएर मात्र धनादेशको भुक्तानी दिइनेछ । तर अस्पतालमा भर्ना भएको वा छात्रावास वा होटेलमा बस्ने व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी त्यस्तो अस्पताल, छात्रावास र होटेलको सुपरिण्टेण्डेण्ट वा प्रबन्धकको सिफारिसमा दिन सकिनेछ ।